सूचना
कालिगण्डकी गाउँपालिका संक्षिप्त परिचय
गुल्मी जिल्लाका १२ वटा स्थानीय निकाय मध्य पूर्वी भागमा अवस्थित यस कालिगण्डकी गाउँपालिका आफैमा प्राकृतिक,सांस्कृतिक सम्पदाहरुले भरिपुर्ण छ l यस गाउँपालिकाको कुल क्षेत्रफल १०१.०४ वर्ग कि.मि. रहेको छ l वि.सं. २०७८ कार्तिक-मंसिर महिनामा सम्पन्न राष्ट्रिय जनगणना २०७८ को राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार कालिगण्डकी गाउँपालिका गुल्मीको कुल जनसंख्या १५०४४ रहेको छ, जस मध्य पुरुष को संख्या ७०७४ र महिलाको संख्या ७९७० रहेको छ l यस गाउँपालिकाको उतरमा बाग्लुङ, पूर्वमा पर्बत, दक्षिणमा स्याङजा र पश्चिममा गुल्मी जिल्ला कै चन्द्रकोट ,सत्यवती गाउँ पालिका अबस्थित रहेको छ l ऐतिहासिक कालिगण्डकी नदी तथा थुप्रै सुन्दर पर्यटकीय स्थलहरुले सु-सम्पन्न यो गाउँपालिकामा पर्यटन विकास को प्रचुर सम्भावना रहेको छ l