सूचना
कालिगण्डकी गाउँपालिका संक्षिप्त परिचय
गुल्मी जिल्लाका १२ वटा स्थानीय निकाय मध्य पूर्वी भागमा अवस्थित यस कालिगण्डकी गाउँपालिका आफैमा प्राकृतिक,सांस्कृतिक सम्पदाहरुले भरिपुर्ण छ l यस गाउँपालिकाको कुल क्षेत्रफल १०१.०४ वर्ग कि.मि. रहेको छ l यहाँ को कुल जनसंख्या १८८७६ रहेको छ जस मध्य पुरुष को संख्या ८२७५ र महिलाको संख्या १०६०१ रहेको छ l को यस गाउँपालिकाको उतरमा बाग्लुङ ,पूर्वमा पर्बत ,दक्षिणमा स्याङजा र पश्चिममा गुल्मी जिल्ला कै चन्द्रकोट ,सत्यवती गाउँ पालिका अबस्थित रहेको छ l ऐतिहासिक कालिगण्डकी नदी तथा थुप्रै सुन्दर पर्यटकीय स्थलहरुले सु सम्पन्न यो गाउँपालिकामा पर्यटन विकास को प्रचुर सम्भावना रहेको छ l